बाबुरामकाे व्यङ्ग्य- खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी वली शर्माप्रति लक्षित गरी व्यङ्ग्य गरेका छन्।

नेकपा एमालेकाे प्रथम विधान महाधिवेशन हिजाे (शुक्रबार)देखि सुरु भएकाे छ । साेही महाधिवेशनलाई लिएर भट्टराईले खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो भनी व्यङ्ग्य गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’ 

महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधिहरू सहभागी छन्।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ८:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया