\


भारतमा काेराेना : थप २४ हजार ३५४ संक्रमित, २३४ मृत्यु
फरकधार / १६ असोज, २०७८
यो सामग्री सेयर गर्नुहोस्

भारतमा पछिल्लो २४ घन्टामा थप २४ हजार ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख ९१ हजार ६१ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप २३४ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ५७३ पुगेकाे छ ।

यही अवधिमा २५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड ३० लाख ६८ हजार ५९९ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 



भारतमा हालसम्म ८९ कराेड ७४ लाख ८१ हजार ५५४ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।


 



  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ९:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया