उच्च रक्तस्रावका कारण गर्भवती महिलाको गयाे ज्यान

उच्च रक्तस्रावका कारणले अछाममा एक गर्भवती महिलाको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका-१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको हो । 

बिहीवार राति ८ बजे प्रसव पीडा सुरु विकलाई उनलाई रहफ स्वास्थ्य चौकी लगिएकाे थियाे । शुक्रबार बिहान ५ बजे उनकाे ज्यान गएको स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी जानकारी दिइन् । 

‘घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी ल्याइएको थियो,’ उनले भनिन्,‘रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएको हो ।’

भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा विकको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ११:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया