हुम्लामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश निर्वाचन क्षेत्र (क)मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।
फर्जी मतदानको कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाँउ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ ।
मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेको र आफूहरूले समान्तर कमिटी बनाएको पूर्व सांसद रीता शाहीले बताइन् । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ उनले भनिन्,‘एकलौटी रूपमा चल्ने पार्टी हैन ।’
हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला पनि हो ।
कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।