गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले कोरोनाकालमा गरिएका उद्धार तथा पुनःस्थापनासँग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताएका छन् ।
मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए ।
आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति समेत दिए ।
‘हामी यहीँ छौ । एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,’ उनले चुनौति दिंदै भने, ‘संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ ।’
एनआरएनएको पूर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा. शर्माले भने, ‘संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’
विगत फर्जी मतदान गर्नेहरुले अनलाईन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न नसक्ने भएपछि मन्त्रालय गुहारेको आरोप उनले लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।