सरकारले अझै पूर्णता पाउन नसक्दा सत्तारुढ गठबन्धन चुनावसम्म मिलेर जानेमा आशंका : निधि

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दबाब दिएका छन् । 

गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गरे । सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको उनको धारणा थियो । 

उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको, तर गठबन्धनबीच सहमति नभएकै कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिमण्डलले अझै पूर्णता नपाउनु चिन्ता र दुःखको विषय हो ।’ 

यो नेपाली कांग्रेस र सरकारमा सहभागी दलहरुका लागि मात्रै ाभई पूरै नेपालका लागि चिन्ता र दुःखको विषय भएको उनले बताए । उनले भने, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो । अब छिटोभन्दा छिटो मन्त्रिमन्त्रिमण्डलले पूर्णता पाउने गरी तपाईंहको निर्णय आओस् । अब धेरै पर्खन सकिँदैन ।’

अझै सरकारले पूर्णता पाउन नसकेबाट सत्तारुढ गठबन्धन चुनावमा मिलेर अघि बढ्न सक्छन् भन्नेमा आशंका उत्पन्न भएको उनको टिप्पणी छ । 

गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्धि प्राप्त गर्न सक्ने उनले बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पारे । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १८:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया