बल्खुमा मिनी ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल यात्रीको मृत्यु भएको छ । 

शनिबार काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा३ ख ९३६९ नम्बरको मिनीट्रकले बा८८प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाली गोदावरी नगरपालिका–१२ का चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक काठमाडौं सितापाइलाका २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले मिनीट्रक चालकलाई नियन्त्रणमा लिई कारबाही थालेको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १८:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया