मुस्ताङबाट रोमी गौचनले खोले कांग्रेस जिल्ला सभापतिको खाता
फरकधार / १६ असोज, २०७८

पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ ।



थासाङ गाउँपालिका–३ लेतेमा शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए ।



सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् ।



वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले कार्यसमितिका १५ सदस्य पनि सर्वसम्मत चयन गरेका छन् । सभापतिमा निर्वाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षाअनुसार मुस्ताङमा पार्टीलाई बलियो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताए ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मुस्ताङका सबै वडा र पालिका पनि सहमतिमा नेतृत्व चयन भएको थियो । 

घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२–३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १९:३६:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया