आजकाे माैसम यस्ताे, यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल  प्रदेश-१, प्रदेश-२ तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा  आंशिक बदली रहेको छ ।  प्रदेश-१ र प्रदेश-२ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (आइतबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश-१ र प्रदेश-२ का थोरै स्थानहरूमा भारी वर्षाको संभावना छ भने प्रदेश-१ र प्रदेश-२ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१ र प्रदेश-२ का धेरै स्थानहरूमा  र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश-१ तथा प्रदेश-२ का थोरै स्थानहरूमा भारी वर्षाको पनि संभावना छ ।

प्रदेश-१ र प्रदेश-२ का थोरै स्थानहरूमा भारी वर्षा र प्रदेश-१ तथा प्रदेश-२ का एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना रहेकाले उक्त स्थानहरूका पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ६:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया