आइपिएल : राजस्थानसँग पराजित भए पनि चेन्नई शीर्ष स्थानमै

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स पराजित भएको छ । उसलाई शनिबारको खेलमा राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेकाे हाे।
 
चेन्नईले दिएको १९० रनको लक्ष्य राजस्थानले १७.३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे ।

राजस्थानको जितमा शिवम दुबे र यशस्भी जैसवालले अर्धशतकीय पारी खेले । ६४ रनमा अविजित रहेका दुबेले ४२ बलमा समान ४ चौका र छक्का प्रहार गरे। 
जैसवालले २१ बलको सामना गर्दै ६ चौका र ३ छक्को मद्दतमा ५० रन बनाए । कप्तान सन्जु सामसनले २८ र अविजित रहेका ग्लेन फिलिप्ले १४ रनको योगदान दिए । 

चेन्नईका शार्दुल ठाकुरले २ र केएम आशिफले १ विकेट लिए ।

यस अघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

चेन्नईका लागि शतकीय पारी खेलेका रुतुराज गायकवाडले ६० बलको सामना गर्दै ९ चौका र ५ छक्को मद्दतले १०१ रन बनाए । रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन जोडे । 

राजस्थानका राहुल तेवाटियाले ३ र चेतन सकारियाले १ विकेट लिए ।



जितसँगै राजस्थान १२ खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिँदा हारका बाबजुत पनि चेन्नई समान खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा कायम छ ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया