अनसनमा एक्यवद्धता जनाउन डा. काेइराला डडेलधुरा जाँदै

नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालासहितका नेताहरू आज डडेलधुरा जाँदैछन् ।

अनसनमा रहेका त्यहाँका पार्टी सभापति कर्ण मल्लसहितका नेताहरूकाे मागप्रति एक्यवद्धता जनाउन र माग सम्बाेधनका लागि देउवालाई थप दबाब सिर्जना गर्न काेइराला नेतृत्वमा टाेली जान लागेका हुन् ।

टाेलीमा नेता अर्जुननरसिंह केसी, गुरुराज घिमिरे र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि हुनेछन् । 

मल्लसहितका नेताहरू पालिका तहकाे अधिवेशन जिल्ला कार्यसमितिको असहमति हुँदाहुँदै धाँधलीपूर्ण गरेकाे भन्दै पुनः अधिवेशनकाे मागसहित अनसनमा बसेका छन् ।

पार्टी कब्जा गर्ने नियतले प्रहरी प्रशासन लगाएर अधिवेशन गराएकाे पनि अनसनरत नेताहरूकाे आराेप छ । उनीहरू पार्टीकाे संस्थापनइतर पक्षका हुन् ।

राजनीतिक विश्लेषक आचार्यले दसैंकाे मुखमा न्यायपूर्ण माग राखेर मल्लसहितका नेताहरू अनसनमा रहेकाे र उनीहरूले उठाएका मागहरू सम्बाेधन गराउन पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न काेइराला नेतृत्वको टाेली जाने लागेकाे फरकधारलाई बताए । 



२५ भदौमा क्रियाशील सदस्यता विवाद कायमै छँदा पार्टी सभापति शेरबहादुर देउवाले जबरजस्ती अधिवेशन गराएका थिए । 

उक्त अधिवेशनको विराेध गर्दै त्यहाँका पार्टी सभापति मल्लसहितका नेताहरू ११ दिनदेखि अनसनमा छन् ।
 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ८:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया