एक कविको अभिनय यात्रा

नेपाली कविता लेखनमा परिचित नाम हो- हेम प्रभास अधिकारी । नेपाल प्रज्ञा-प्रतिष्ठानले २०७६ सालमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका हेम पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन् ।

निर्देशन हुँदै हेमको बाटो अभिनयतर्फ मोडिएको छ । उनले कलाकार सरोज खनालको निर्देशनमा बनेको एक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। ‘विरोध छैन’ बोलको गीतको म्युजिक भिडियोमा उनले एक परदेशी श्रीमानको भूमिका निर्वाह गरेका छन् । हेमलाई कुसुम थापाले साथ दिएकी छन्।

सार्वजनिक गीत सरला श्रेष्ठले लेखेकी हुन् । गीतमा घर व्यवहारका कारण परदेशिन बाध्य श्रीमानको सम्झनामा श्रीमतीले पोखेको विरह र छट्पटी समेटिएको छ । रचना रिमालले गाएको गीतमा कृति न्यौपानेले संगीत भरेका छन्।

म्युजिक भिडियोकाे छायांकन आङ्चेन लामाले गरेका हुन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ९:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया