देउवाको गृहजिल्ला गए डा. कोइराला, अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापनइतरबाट सभापति पदका दाबेदार नेता डा. शेखर कोइरालासहितको टोली डडेल्धुरातर्फ लागेका छन् । 

काठमाडौंदेखि धनगढीसम्म हवाईयात्रा र त्यसपछि गाडीबाट डडेल्धुरा जाँदै गरेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।

उनका अनुसार डा. कोइरालाले अनसनमा बसेका जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरूलाई भेट्ने, अनसनप्रति एक्यवद्धता जनाउने र गुनासो सुन्ने छन् । 

आजै जिल्ला कार्यसमिति डडेल्धुराले अगुवा कार्यकर्ता भेला पनि आयोजना गर्दै छ ।

भेलालाई पनि डा. कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।  कोइराला नेतृत्वको टोलीमा अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेता  पनि रहेका छन्। 

२५ भदौमा भएको पालिका अधिवेशन जिल्ला कार्यसमितिको सहमतिविना बलपूर्वक प्रशासन लगाएर गरेको भन्दै पार्टी सभापति मल्लसहितका नेताहरू ११ दिनदेखि अनसनमा छन् । 



उनीहरूले पुनः अधिवेशनको माग राखेका छन् । डडेल्धुरा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १०:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया