अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष पञ्चा सिंह हुने भएकी छिन् ।
पार्टी अध्यक्षका दाबेदारहरु बढेपछि नेतृत्व कसलाई दिने भन्नेबारे विवाद भएको थियो । त्यसपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै यसबारे टुंगो लगाउने जिम्मा दिइएको थियो ।
अध्यक्ष दाहालले सिंहलाई अध्यक्षको जिम्मेवारी दिएर बाँकी सदस्यहरुलाई पार्टीको काम जिम्मा दिने बुझिएको छ ।
हिजोसम्म सम्पन्न हुने भनिएको राष्ट्रिय सम्मेलन नेतृत्व छनौट नटुंगिएपछि आजसम्मका लागि सरेको थियो । आज नेतृत्व छनौट सकेर सम्मेलन सम्पन्न हुने बुझिएको छ ।
अध्यक्षका लागि सिंहसहित सुरेन्द्र बस्नेत, विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारी लगायतको दाबी थियो ।
सबैलाई अध्यक्ष प्रचण्डले खुमलटार बोलाएर एक्लाएक्लै वार्ता गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।