सल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला

सल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सल्यान बागचौर नगरपालिका–२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिवार साँझ मृत अवस्थामा फेला परेकी हुन् । 

घरदेखि करिब एक किलोमिटरको दुरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । 

शनिबार बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर खत्री घरबाट निस्किएकी थिइन् । 

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ११:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया