नेपाली कांग्रेसको हुम्ला सभापतिमा सिंह

नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह चयन भएका छन्  । शनिबार भएको सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो । 
सभापति चयन भएका सिंह प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका  हुन् । 

त्यस्तै, उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाया, सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा चयन भएका छन् । सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही चयन भएका छन् । 

जिल्ला कार्यसमितिमा कटकबहादुर लामा, नन्दबहादुर शाही, अंगबहादुर शाही, प्रेमबहादुर भण्डारी, ङपुड ग्याल्जोङ लामा, सूर्य शाही, रत्नलाल खड्का चयन भएका छन् । महिला सदस्यतर्फ पाल्डोन लामा, सुना बुढा, उजेली थापा, कन्यावती जैसी, सपनाकुमारी सिंह ठकुरी, नन्दसरा शाही र वविता कुशुम शाही निर्वाचित भएका छन् । 

समावेशीतर्फ हरिबहादुर शाही, गुरु कार्की, नवराज भण्डारी, लोक्ते काकी, मुगा बोहरा, गोरे पुन, धनकुमारी ऐडी, चेतना गिरी र नरबहादुर रावल चयन भएका छन् ।
जिल्ला अधिवेशनले खुल्लातर्फ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्न नसके पनि महिला खुलाबाट सुशीला रोकाय, मधु शाही, रीता लामा, रंगमति शाही, समावेशीतर्फ गणेश महत, पदम शाही, जुनराज हमाल, महिला समावेशीतर्फ उषा रोकाय, गोमा शाही, तुली भण्डारी, अपाङ्गतातर्फ जनकबहादुर शाही, दलितबाट दलसरा परियार, रामबहादुर टमट्टा, जनजातितर्फ पेमा डोका लामालगायत चयन गरेको छ । 

जिल्ला कार्य समितिका लागि भने कार्यसमिति सर्वसम्मत चयन भएपनि खुल्लातर्फको महाधिवेशन प्रतिनिधि छनोटका आज आइतबार निर्वाचन हुँदै छ । 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ११:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया