कांग्रेस सभापति शेरबहादुर देउवापक्षीय उम्मेदवार मोहनविक्रम सिंह हुम्लाको सभापति भएका छन् । उनी सर्वसम्मतिमा सभापति भएका हुन् ।
उपसभापति कैलाश भण्डारी र वसन्त रोकाय हुँदा सचिव विजया बुढा र कृष्णबहादुर बोहोरा भएका छन् । यसैगरी सहसचिव पाल्जोर तामाङ र दिलबहादुर शाही भए।
यसअघि रुकुम पूर्व, मुस्ताङ र मनाङले सभापति पाइसकेका छन् । केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले रुकुम पूर्वमा केशरमान रोका निर्वाचित भएका छन् ।
मुस्ताङमा रोमी गौचन थकाली र मनाङमा शंकर गुरुङ सभापति भए । निर्वाचित भएकामध्ये रोका र थकाली वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय हुन् । गुरुङ देउवापक्षीय नै हुन् ।
यता रामेछापमा पनि जिल्ला सभापतिका लागि मतदान जारी छ । यसअघि हिजो मतदानस्थलमा ढुंगामुडा भएपछि मतदान स्थगित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।