मोटोपन घटाउन लागेका मानिस प्रायः आलुदेखि टाढै बस्छन् । आलुले छिटै वजन बढाउने भएकाले वजन घटाउन लागेकालाई आलु नखाने सल्लाह दिइन्छ । तर, मिलाएर खाए आलु वजन बढाउन मात्र होइन, घटाउन पनि उत्तिकै उपयोगी हुन्छ ।
यो कुनै वैज्ञानिक प्रयोग होइन, ‘पोटेटो डाइट’ प्रयोग गरेर वजन घटाएकाहरुको दाबी हो ।
सन् २०१६ मा यस सन्दर्भमा ‘पोटेटो ह्याक : वेट लस सिम्प्लिफाइड’ पुस्तक नै प्रकाशित भएको थियो । यो पुस्तकले मार्गनिर्देशन गरेअनुसार आलुको प्रयोगबाट वजन घटाउन सफल भएको बताउने थुप्रै छन् । पुस्तकका अनुसार आलु खाएर वजन घटाउने ‘पोटेटो डाइट’का केही नियमहरु छन् :
सावधानी : यो व्यक्तिका अनुभवका आधारमा बनाइएको डाइट प्लान हो । वैज्ञानिक अध्ययनले प्रमाणित तथ्य होइन । यदि तपाईंलाई यो डाइट प्रयोग गर्दा कुनै कमजोरी महसुस हुन्छ, या आफूलाई सुट नगरेको जस्तो अनुभव हुन्छ भने यसको प्रयोग तुरुन्त बन्द गर्नुहोस् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।