गणेश थापाको आग्रह : बरु म ब्याक हुन्छु, सम्झौता रद्द नहोस्

हेटौंडा उपमहानगरपालिका र नेपाल खेलकुद संस्थाबीच फुटबल एकेडेमी सञ्चालन गर्न भएको सम्झौता रद्द भएको छ । सम्झौता रद्द भएपछि  नेपाल खेलकुद संस्थाका अध्यक्ष गणेश थापाले गुनासो गरेका छन् । 

उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर आफू पछि हटेर भए पनि सम्झौताको निरन्तरता  हुनुपर्ने माग राखेका हुन् । 

विश्व फुटबल महासंघ (फिफा)ले फुटबल गतिविधि गर्न प्रतिबन्ध लगाएका कारण देखाएर उपमहानगरपालिकाले सम्झौता रद्द गरेको जानकारी आफूले पाएको थापाले आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । 

थापा अध्यक्ष रहेको नेपाल खेलकुद संस्थालाई फुटबल एकेडेमी सञ्चालन गर्न उपमहानगरपालिकाले २५ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । चौतर्फी आलोचनाका कारण दुई दिनपछि नै उपमहानगरपालिकाले सम्झौता रद्द गरेको थियो ।  

‘यस विषयमा उपमहानगरपालिकासँग जानकारी लिँदा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र केही व्यक्तिबाट फिफाद्वारा प्रतिबन्ध लागेको व्यक्तिसँग सहकार्य गर्न नमिल्ने कारणले रद्द गरेको जानकारी प्राप्त गरेँ, निकै उत्साहका साथ सम्झौता भएको दुई दिनमा यसरी सम्झौता रद्द भएको सुन्दा निकै दुःख लाग्यो,’ उनले पत्रकारहरुसँग भने ।
 
पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्लाभरिका सबै गाउँपालिका र नगरपालिकाबाट छानिएका खेलाडीले खाने, बस्ने तथा शिक्षाको साथै फुटबल प्रशिक्षणको सम्पूर्ण जिम्मा लिने गरी एकेडेमी सञ्चालनको तयारी गरेको बताए । सो क्रममा उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको विरोध गर्दै आफूले भ्रष्ट्राचार गरेको पुष्टि गरेर कारबाही गर्न चुनौती दिए ।  

उपमहानगरले सम्झौता रद्द नगर्नेमा आफू विश्वस्त रहेको भन्दै थापाले भने, ‘बरु म यो संस्था छोड्न तयार छु, म गणेश थापा भएकै कारणले रद्द गरिएको हो भने म हट्न तयार छु, तर एकेडेमी सञ्चालन गर्न गरिएको सम्झौता नरोकियोस् ।’



गणेश थापालाई २५ लाख दिने हेटौँडा उपमहानगरको निर्णय रद्द

खेलकुदकाे विकासका लागि भन्दै फिफाको प्रतिबन्धमा रहेका थापालाई हेटौँडा उपमहानगरले दियाे २५ लाख



 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २१:१७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया