आइपिएल : कोलकाता विजयी, हैदराबाद ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ ।

हैदराबादले दिएको ११६ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

कोलकाताको जितमा शुभमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले । ५१ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । 

नितिश रानाले २५, दिनेश कार्तिकले अजिजित १८ रनको योगदान दिए । 

हैदराबादका जेसन होल्डरले २, राशिद खान र सिद्धर्थ कउलले समान एकएक विकेट हात पारे । 

यस अघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।



हैदराबादका कप्तान केन विलियमसनले सर्वाधिक २६, अब्दुल समादले २५ र रियान परागले २१ रनको योगदान दिए ।

कोलकाताका टिम साउदी, वरुण चक्रवर्ती र शिभम् माभीले २–२, साकिब अल हसनले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



जितसँगै कोलकाता १३ खेलमा १२ अंक जोड्दै चौंथो स्थानमा रहँदा समान खेलबाट ४ अंकका साथ हैदरावाद अन्तिममा छ ।  

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ७:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया