प्रिमियर लिग : बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको रोमान्चक खेलमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । 

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । 

खेलको ५९औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ८१ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो । 

यो बराबरीसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको लिभरपुल ७ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा छ । सिटी समान खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ।

लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा टोटेनहामले एस्टनभिल्ला तथा ब्रेन्टफोर्डले वेस्टह्याम युनाइटेडमाथि समान २-१ को जित निकाल्दा लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकियो । 
 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ७:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया