बुन्डेस लिगा : घरेलु मैदानमै बार्यन पराजित

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ । उ आइतबार राति भएको खेलमा फ्रान्कफर्टसँग २-१ ले पराजित भएको हो ।

बायर्न सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु मैदान एलियन्ज एरिनामै पराजित भएको हो ।

खेलको २९औं मिनेटमा लियोन गोरेटज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

३२औं मिनेटमा मार्टिनले गोल गर्दै फ्रान्कफर्टलाई १-१ गोलको बराबरीमा ल्याए । ८३औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफर्टको जित पक्का गरे ।

यो जितसँगै १३ औं स्थानको फ्रान्कफर्ट ७ खेलमा ८ अंकका साथ १३ औं स्थानमा छ । हारका बाबजुत पनि बायर्न ७ खेलमा १६ अंक जोडी शीर्ष स्थानमा यथावत रहेकाे छ।  





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ८:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया