भारतमा पछिल्लो २४ घन्टामा थप २० हजार ७९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख ३४ हजार ७०२ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप १८० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ९९७ पुगेकाे छ ।
यही अवधिमा २६ हजार ७१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड ३१ लाख २१ हजार २४७ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
भारतमा हालसम्म ९० कराेड ७९ लाख ३२ हजार ८६१ डाेज भ्याक्सिन लगाइसकिएकाे छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।