गायक प्रकाश तामाङ र गायिका सुजिता योन्जनको युगल गीत सार्वजनिक भएको छ । ‘सोल्टा सोल्टीनी’ बोलको सार्वजनिक गीतमा प्रकाशकै शब्द संगीत सुन्न सकिन्छ । फनिन्द्र राईकाे संगीत संयोजन रहेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा अभिनेता पल शाहसँग साक्षी लम्सालले स्क्रिन सेयर गरेकी छन् । यो जोडीका साथमा प्रिया प्रधान, आकांक्षा तामाङ र सीता प्याकुरलले अभिनय गरेका छन् ।
जीवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी रोमान्टिक रूपमा प्रस्तुत भएका छन् । दीर्घ गुरुङको छायांकन रहेको भिडियो सम्पादन निर्देशक थापाले नै गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।