यसपालि यस्ता छन् टेलिकमका दसैँ अफर

नेपाल टेलिकमले चाडपर्वका अवसरमा भोलिदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ दिने भएको छ । 

सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने छ । अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ । 

भ्वाइस सेवाअन्तर्गत २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिने बताइएको छ । 

अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने र २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीले बताए ।  

 उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 814153 डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १९:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया