२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कांग्रेसका तीन शीर्ष नेताको निष्कर्ष : मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा गठबन्धनको विश्वसनीयतामा ह्रास

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच सोमबार छैटौँपटक भेटघाट भएको छ । 

शीर्ष नेताको यस भेटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निष्कर्ष निकालिएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको उनीहरुको निष्कर्ष छ । 



उपसभापति निधिनिवासमा बानेश्वरमा भएको छलफलमा छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए । उनले भने, ‘अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाओस् । गठबन्धनका दलहरू जो छन्, ती दलहरूको कारणले गर्दा ढिलाइ नहोस् ।’

बैठकमा नेताहरूबीच १४औँ महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए । 





  • प्रकाशित मिति : १८ असोज, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया