विश्वभर ६ घन्टा चलेनन् फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्राम

सामाजिक सन्जालहरु फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्रामले फेरि काम गर्न थालेका छन् । विश्वभर सोमबार रातिबाट ६ घन्टा नचलेका यी तीन सामाजिक सन्जालले अब विस्तारै काम गर्न थालेको फेसबुकले जनाएको छ ।

यी तीन वटै सामाजिक सन्जाल फेसबुकका हुन् । अनि तीन वटै सामाजिक सन्जालहरु वेबमा वा स्मार्टफोनमा पनि चलेका थिएनन् ।

नेपालमा पनि यी तीन सामाजिक सन्जालका एपहरु चलेका थिएनन् ।

सूचना प्रविधिको विषयमा यस्तो प्रक्रियालाई ट्र्याक गर्ने डाउनट्र्याकरले जनाएअनुसार अहिलेसम्म विश्वमा भएको सबैभन्दा ठूलो आउटरेज यो हो । यसका कारण विश्वभरका सबै देशका सामाजिक सन्जाल प्रयोगकर्तालाई असर परेको पनि बताइएको छ ।

फेसबुकले आफ्नो सर्भिस डाउन भए पछि अर्काे सामाजिक सन्जाल ट्विटरमा एक ट्विट गर्दै माफी मागेको थियो ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार ७:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया