नेपाल र चीनबीच कुनै सीमा विवाद छैनः चिनियाँ राजदूत

नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी छन् । 

नेपाल र चीनबीच सीमा सम्बन्धी सन्धिमा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले यस्तो दाबी गरेकी हुन् । 

चिनियाँ राजदूत यान्छीले यस्तो बेला नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी छन् जतिबेला नेपाल सरकारले नेपाल र चीनबीचको सीमा विवाद अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन बुझेको छ । 

‘आजभन्दा ६० वर्ष अघि नेपाल र चीनले मैत्रीपूर्ण सम्वाद मार्फत सीमा सन्धिमा हस्ताक्षर गरेका थिए । हाम्रो सीमा त्यसबेलादेखि विवादरहित छ । दुई देशबीचको मित्रताको बन्धन पारस्परिक रुपमा फलदायी सहयोगको पुल बनेको छ,’ यान्छीले ट्वीटरमा लेखेकी छन् । 

ट्वीटरमा उनले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध देखाउने तस्विरहरू रहेको लिङ्क पनि सेयर गरेकी छन् । 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १७:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया