मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको जानकारी दिए ।
त्यस्तै, बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । ऋण असुली न्यायाधिकरणको कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
बैठकले असोज २४ गतेदेखि असोज २८ गतेसम्म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलन (कमोरेटिभ हाई लेभल मिटिङ)मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषदले विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषता स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।