नेकपाकाे चियापान
नेकपाको चियापानमा वामदेवका ५ नमस्कार !

काठमाडौं– दशैं, तिहार तथा छठकाे अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान समारोहमा पहिलो सत्र (१२ बजेबाट – ३ बजेसम्म) सर्वसाधरणका लागि भनेर छुट्ट्याइएको थियो । त्यसैले, १२ बजेतिर भृकुटीमण्डपमा भेला भएका अधिकांशले ‘ठूला’ नेता स्टेजभन्दा तल बाटोमै भेटिएलान् भन्ने अपेक्षा गरेका थिएनन् । 

तर, यो अनुमान विपरित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम टुप्लुक्क झुल्किए । वामदेव चियापान समारोह स्थलमा आइपुग्दा अन्य ‘हाइप्रोफाइल’ नेता कोही पनि आइपुगेका थिएनन् । अरु नेताहरु आइनपुगेको थाहा पाएकाले हुनुपर्छ, वामदेव यसै भृकुटीमण्डपमा टहलिन थाले ।

केही बेर टहलिएपछि उनले आफ्ना लागि काम छुट्ट्याए– स्वयंसेवक परिचालन गर्ने । त्यसपछि उनले २–४ जना स्वयंसेवकहरुलाई एकत्रित गरे र सम्झाउन थाले । उनको पहिलो निर्देशन थियो– सबै आमन्त्रितलाई नमस्कार गर्नू है । वामदेवले यसो भन्दा आफ्ना दुई हात जोडे, थोरै मुस्कुराए र स्वयंसेवकलाई अर्को टिप्स दिन थाले ।

विस्तारै उद्घाटन सत्रका लागि नेकपाका नेताहरु आउन थाले । चियापान समारोह स्थलमा गेटबाट थोरै भित्र छिरेपछि बनाइएको स्वागत स्थलमा वामदेव गए । अनि आएका नेताहरु सबैलाई एकएक गरेर स्वागत गर्न थाले । स्वयंसेवकलाई उनले जसरी सिकाएका थिए, त्यसरी नै उनले सबै नेताहरुलाई दुई हात जोडेर नमस्कार गरे ।

केही समयअघि सांसदमा छिर्न काठमाडौं ७ बाट उम्मेदवारी दिने तयारी गरेका वामदेवको जति चर्को आलोचना पार्टी भित्रै भएको थियो, त्यो स्मरण गर्दा वामदेवको यो नम्र शैलीको परिकल्पना गर्न सकिँदैनथ्यो !

जे होस्, चियापान समारोहमा सबैभन्दा पहिला पुगेका वामदेवका पाँच नमस्कारलाई फरक धारका सागर चन्दले क्यामेराको लेन्समा कैद गरेका छन्ः 



 



 

 

  • प्रकाशित मिति : कात्तिक १०, २०७५ शनिबार १६:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया