ओली सरकारले बाँड्दै आएको सांसदको दसैँ भत्ता खारेज

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज भएको छ । 

कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदको दसैं भत्ता खारेज गरेको हो । 

मन्त्रिपरिषद्‌ले दसैं भत्ता उपलब्ध गराउने निर्णय नगरेको र अर्थ मन्त्रालयबाट बजेट पनि निकासा नभएको कारण देखाउँदै सचिवालयले दसैं भत्ता बाँड्‍ने प्रचलन अन्त्य गरिएको जनाएको छ । 

मंगलबार संसद् सचिवालयले दसैं भत्ताविनै सांसदहरुलाई असोज महिनाको तलब खातामा पठाएको छ। असोज महिनाको तलबबापत सांसदलाई कुल दुई करोड ९८ लाख ४६ हजार पठाएको हो । सांसदका पिएका लागि एक करोड ४३ लाख ७४ हजार निकासा गरेको सचिवालयले जनाएको छ । 

सांसदहरूले मासिक तलबबापत ६६ हजार ७० रुपैयाँ पाउँछन् । उनीहरुले तलबबाहेक बैठक भत्ता र यातायात खर्च छुट्टै पाउँछन् । 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार २०:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया