प्रदेश-२ मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। 

बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिन लागेका हुन्। 

सत्तारूढ पार्टी विभाजित भएमा ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

९ भदौमा जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान​ अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको साथ छ । 



प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले भने प्रदेशसभाको बैठक अवरूद्ध पार्ने तयारी गरेका छन्। 



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ८:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया