बारामा ट्याक्टरकाे ठक्करबाट एक बालककाे मृत्यु

बारामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका- ५ बस्ने शेख ननक मियाँका १२ वर्षीय छोरा अब्दुलैश मियाँ रहेका छन् ।

मंगलबार साँझ करिब ६ :३० बजे ना ६ त ३६९० नम्बरको ट्याक्टरले तामागढी सिम्रौनगढ सडकखण्डमा ठक्कर दिँदा साइकलमा सवार मियाँकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएकाे छ ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ९:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया