राज्यसँग भुवनको आक्रोश

अभिनेता भुवन केसीले आफू सिनेमा हलको पक्षमा रहेको बताएका छन् । सिनेमा हल र वितरकसँग आफ्नो विवाद रहे पनि अहिले हलको समर्थनमा रहेको बताएका हुन् । पहिलो प्राथमिकतामा कुन फिल्मभन्दा पनि हल पर्नुपर्ने उनको धारणा थियो ।

चलचित्र विकास बोर्डमा आयोजना भएको एक कार्यक्रममा केसीले भने, ‘हलले नेपाली चलचित्रलाई अलि बढी पेल्यो, विदेशी चलचित्रलाई प्राथमिकतामा राख्यो भन्ने लडाइँ अझै पनि जारी छ । तर, अहिले म हलको पक्षमा छु । जब सिनेमा हल नै रहेन भने न हामी कलाकार रहन्छौं न हाम्रो कलाकारिता बाँकी रहन्छ ।’

केसीले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई चलचित्र क्षेत्र चलायमान बनाउन गर्नुपर्ने हर कोसिस गर्न आग्रह गरे । उनले भने, ‘बरु, राजीनामा दिने परिस्थिती आउँछ भने दिन तयार रहनुहोस । तर चलचित्र उद्योग चलायमान बनाउन गर्नुपर्ने हर कोसिस गर्नुहोस् ।’

नेपाल सरकारले चलचित्र उद्योगलाई प्राथमिकतामा नपारेकोप्रति केसीले गुनासो गरे । उनले भने, ‘नेपाली चलचित्र उद्योग पनि नेपाल राष्ट्रको उद्योग हो । संसारभरि हरेक देशमा आफ्नो चलचित्र उद्योगलाई पहिलो प्राथमिकतामा राख्छ । तर, हाम्रो उद्योग किन तेस्रो/चौथो प्राथमिकतामा पर्छ ?’ उनले अगाडि प्रश्न गरे, ‘सरकारको पहिलो प्राथमिकतामा नेपाली कला, नेपाली संस्कृति, नेपाली दर्शक, नेपाली सिनेमा, नेपाली भाषा हुनुपर्छ होइन र ?’

नेपाली चलचित्र उद्योग संकटमा भएकाले अहिले सबै एकजुट भएर उद्योग चलायमान बनाउनु पर्नेमा केसीले जोड दिए ।
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १२:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया