समिर र स्वस्तिकाको ‘चकलेटी स्याउ’ चर्चामा

गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा ‘चकलेटी स्याउ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत दिनेशराज पुरीले लेखेका हुन् ।

गीतमा संगीतकार अर्जुन पोख्रेलको संगीत सुन्न सकिन्छ । यसैसाता सार्वजनिक भएको गीतले बजारमा राम्रो चर्चा पाइरहेको छ । यो गीतले युट्युबमा ट्रेन्डिङको यात्रा सुरु गरेको छ ।

रोमान्टिक शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा सागर लम्साल ‘बले’का साथमा प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।

शान थापाले निर्देशन गरेको भिडियो हरि हुमागाईंले छायांकन गरेका छन् । राजिभ समरको कोरियोग्राफी रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १२:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया