कर्णालीका २७ सांसदले लिए दसैंभत्ता

कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैंभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना तलब बराबरको दसैंभत्ता दिइएकाे हाे ।
 
असोज ९ गते नै सभामुख, सभामुखका सहयोगी विपक्षी दलका नेता तथा उनका सहयोगी, सांसद र उनीहरूका सहयोगीहरूकाे रकम खातामा जम्मा गरिसकेका प्रदेशसभा सचिवालले जनाएको छ ।

कर्णाली प्रदेशसभामा ३५ सांसद रहेका छन् । त्यसमध्ये ८ जना मन्त्री भएकाले उनीहरूलाई दसैंभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत याम बहादुर विसीले बताए । 

प्रदेशसभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार  तलब खाँदै आएका छन् । 

प्रदेशसभा सांसदहरूकाे मासिक ४५ हजार रुपैयाँ तलव खाने गरेका छन् ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १३:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया