नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्बेसडर बनेका छन् ।
अनिललाई बुधबार स्कुलले फुटबलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सम्झौतामा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मीना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गर्दै आदान–प्रदान गरेका थिए ।
सम्झौतापछि अनिलले खेलाडीलाई दिएको यो प्लेट फर्म र स्वस्तिश्री गुरुकुलसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले ब्रान्ड एम्बेसडर बनेका अनिललाई स्कुलमा स्वागत गर्दै फुटबलको हितमा यो कोशेढुंगा सावित हुने बताए ।
यस्तै अध्यक्ष चित्रकारले स्कुलमा फुटबलसँगै फुटसल, बास्केटबल, स्वीमिङ र टेवल टेनिसको पुर्वाधार तयार रहेको स्वस्तिश्री गुरुकुल स्पोर्ट्स एकेडेमीलाई स्पोर्ट्स हवको रुपमा अघि बढाउने बताइन् । ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।