इपीएलः  भैरहवाले दियो काठमाडौँलाई १८९ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग (इपीएल) को चौथो संस्करण अन्तर्गत जारी एलिमिनेटर खेलमा भैरहवा ग्लाडियटर्सले काठमाडौँ किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भैरहवाले  निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ बनायो । 

भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४९ रनको योगदान दिए । २० औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले अमरसिंह रउटेलाबाट क्याच गराउनुअघि उनले २० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।   

प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्ले ३२ रन बनाए । 

काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २–२ विकेट हात पार्दा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशको नाममा १–१ विकेट रह्यो । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १५:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया