न्यूरोडका ५ पसललाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ । 

पसल नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरूलाई विभागले कारबाही गरेको हो । 

कारबाहीमा परेका तीन वटा पसलहरूले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो । 

निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुईवटा पसलमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

‘न्यूरोडको खिचापोखरीमा अनुगमन गर्यौं,७ वटा पसलमा अनुगमन गर्यौं, कपडा पसल, भाँडा पसल,२ वटा खाद्यान्नका पसलमा अनुगमन गर्यौं, ७ पसलमध्ये दुई तीनवटा दर्ता नै नगरी सञ्चालन गरेको पाइयो, जसलाई हामीले तत्काल जरिबाना गर्यौंं, कसैलाई १५, कसैलाई २० हजारको दरले जरिबाना गर्यौं, एकदुई वटा पसलहरूमा स्वयं साहू नभएको हुनाले उहाँहरूलाई तीन दिनको समय दिएर विभागमा बोलाएका छौँ,’ निरीक्षण अधिकृत झाले भने । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया