विपन्न सय परिवारलाई खाद्यान्न सहयोग

दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिका वडा नं. ८, ९, १० र ११ र १३ का विपन्न दलित, अपांगता भएका, गर्भवती, एकल महिला, ज्येष्ठ नागरिक तथा कोभिडबाट प्रभावित भएका अति विपन्नलाई करिब एक सयजनालाई खाद्यान्न सहयोग गरेको छ । 

बुधबार दलित महिला संघका अध्यक्ष मन्जु सुनार, भेरीगँगा नगरपलिका—११ नं. वडाअध्यक्ष तिलकराम डाँगी, संघका सचिव खगिसरा वली, कार्याक्रम संयोजक सीता नेपालीलगायतको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको हो । 

कोभिडबाट प्रभावित भएका तथा अति विपन्न परिवार र त्यसमा पनि दलित महिलाहरुलाई चाडपर्वको मुखमा थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको अध्यक्ष सुनारले बताइन् । उनका अनुसार यसअघि पनि वीरेन्द्रनगर नगरपालिका—१ मा दलित महिलाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको थियो । 

दलित महिलाहरुको मानवअधिकार परियोजना अन्तर्गत भेरीगंगामा गठन भएको समूहमा आबद्धहरुलाई उक्त सहयोग गरिएको संघका सचिव खगिसरा वलीले बताइन् । चामल, दाल, नुन, तेल, मास्कलगायत गरी साढे ५ लाखभन्दा  बढीको सहयोग गरिएको हो । 

वडाअध्यक्ष डाँगीले विपन्न परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । संघका सचिव वलीले अब वीरेन्द्रनगर नगरपालिकामा पनि संघद्वारा गठन गरिएका समूहमा आबद्धलाई सहयोग गरिने जानकारी दिइन् ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १७:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया