शंखमूल फुटसल राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पोखराको बहुदेशीय कभर्डहलमा बुधबार भएको एलिमिनेटरमा सविन मेमोरियल फुटबल क्लब पोखरालाई ३–२ ले पराजित गर्दै शंखमूलले क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
रोमाञ्चक बनेको खेलमा शंखमूललाई जित दिलाउन क्रिजल खड्काले २ र जेनिस प्रजापतीले एक गोल गरे । सरोज गुरुङले दुई गोल गरे पनि सविन मेमोरियलको हार टार्न भने सकेनन् ।
शंखमूलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै सविन मेमोरियल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।