नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दाबी गरेका छन् ।
बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिए ।
उनले आफू निश्कलंक रहेको पनि पटकपटक दोहोर्याए । उपसभापति गच्छदारले भन्नु भयो, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौती छ–राज्यसँग । मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’
उनले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको आरोपसमेत लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।