पुष्प, आलिया र अञ्जलीकाे साथमा शिव परियारले पिउन सुरु गरेपछि

‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’को अपार सफलतापछि गायक शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको अर्को गीत बजारमा आउन लागेको छ । 

‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने बोलसहित इम्प्रेसन्स इन्टरटेनमेन्टले गीतको म्युजिक भिडियो चाँडै नै बजारमा ल्याउँदै छ ।

मनोरञ्जन उद्योगका सिद्धहस्त नृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईंको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गीतको छायांकन सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चलचित्रका नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जली लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहनेछ ।

मिडिया हब प्रालिबाट बनेको पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भइरहेको यो गीतले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको विश्वास छ ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १९:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया