कालभैरव खुला जुनियर उसु प्रतियोगितामा प्रज्ज्वललाई स्वर्ण

त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगितामा थाइची छ्वानमा स्वर्ण जितेका छन् । 

सो विधातर्फ निन्जा उसु क्वानका लब्सन आले मगर दोस्रो भएका छन् । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा त्रिकोणका विजय श्रेष्ठ र महिलामा ड्रागनकी सारा तामाङ, छुची छाङ छ्वानको पुरुषमा पशुपति कैलाश उसु क्वानका निशान थापा मगर र महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा तथा छुची नान् छ्वानको पुरुषमा ड्रागन पासाङ लामा र महिलामा काठडौंकी ममता सुनुवार राईले पहिलो स्थान हात पारेका छन् ।

प्रतियोगिताको नेपाली कांग्रेसका युवा नेता पूर्वमन्त्री गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिउ ।

थाउलोमा १८ तथा सान्सौंमा २० गरी ३८ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दुईदिने प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार २०:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया