बागमती प्रदेशसभा असोज २४मा आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस

बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । 

बुधबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धमा भने कुनै छलफल भएन । 

यद्यपि, असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्‍ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेको बुझिएको छ । 

एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । 

एमालेका १३ सांसदले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत दिन लागेकी हुन् । 

बागमती प्रदेश सभाका कुल १०९ सांसदमध्ये एमालेमा ४३, कांग्रेसमा २२, माओवादीमा २३, समाजवादीमा १३, विवेकशील साझामा ३, नेमकिपामा २, राप्रपामा २ र स्वतन्त्र सांसद एक जना छन् । 



विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ । 



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार २०:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया