नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीहरूको नामावली भोलि टुंग्याउने भएको छ । सो पार्टीले नामावली टुंग्याउन बिहीबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
सो बैठकले मन्त्री हुनेहरूको नामावली टुंग्याउने नेतृ दिलु पन्तले फरकधारलाई बताइन् ।
नेकपा (एस)ले सहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाएको छ ।
मन्त्रीहरूका लागि जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमकुमार आले, किसान श्रेष्ठलगायतको दाबेदारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।