इटालीको अपराजित यात्रामा पूर्णविराम, स्पेनसँग २–१ ले स्तब्ध

युइएफए नेसन्स कपको सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै युरो विजेता इटालीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

नेसन्स कप अन्तर्गत बुधबार राति घरेलु मैदानमै भएको खेलमा १० खेलाडीमा सीमित इटाली २–१ ले पराजित भएको हो ।

स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गर्दा इटालीका लोरेन्जो पेलिग्रिनीले १ गोल फर्काए ।

खेलको १७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इटाली १० खेलाडीमा सीमित बन्यो ।

पहिलो हाफको थप गरिएको समयमा टोरेसले नै  स्पेनको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा पेलिग्रिनीले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

इटालीले सन् २०१८ मा नेसन्स लिग अन्तर्गत नै पोर्चुगलसँग हार बेहोरेयताका ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो ।



यी ३७ खेलमा इटालीले ३० खेलमा जित हात पार्दा ७ खेल बराबरी खेलेको छ । 
 



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया