आइपिएलमा हैदरावादको  तेस्रो जित, बैंग्लोर ४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबारको खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लारेलाई ४ रनले हराएको छ ।

हैदराबादले  दिएको १४२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।

बैंग्लोरका लागि देवदत्त पाडिकलले ४१, ग्लेन म्याक्सवेलले ४० र एबी डिभिलियर्सले अविजित १९ रनको योगदान दिए । 

हैदराबादका भुवनेश्वर कुमार, जेसन होल्डर, सिद्धार्थ कउल, उम्रन मलिक र राशिद खानले १–१ विकेट हात पारे । २ खेलाडी रनआउट भएका थिए । 

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
हैदराबादका लागि जेसन रोयले ४४, कप्तान केन विलियमसनले ३१, जेसन होल्डरले १६ र राशिद खानले अविजित ७ रन जोडे ।  

बैंग्लोरका हर्षल पटेलले ३, डानियल क्रिस्टिनसन २ र युजभेन्द्र चाहालले १ विकेट लिए । 



लिगमा तेस्रो जित निकालेको हैदराबाद १३ खेलमा ६ अंक जोडेर पुछारमा रहँदा बैंग्लोर समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । 
 



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ७:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया