इपिएल : दोस्रो क्वालिफायार आज, भैरहवा र पोखराको नजर फाइनलमा

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल सवा १२ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पोखरालाई हराउँदै लगातार चौथोपटक इपिएलको फाइनल खेल्ने दाउमा हुनेछ । 

भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि भैरहवाको चुनौतीलाई पार लगाउँदै पहिलोपटक इपिएलको फाइनल पुग्न चाहन्छ ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएर पनि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।



यो सिजन भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेको हुन् । वर्षाको कारण समूह चरणको भेट नतिजाबिहीन सकिएको थियो ।

यो खेलको विजेताले उपाधिका लागि शनिबार चितवन टाइगर्सको सामना गर्नेछ । लिग विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् । 



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया