अघिल्लो एक वर्षमा भन्दा पछिल्लो दुई महिनामा नेपालमा बढी मूल्यका खसी भित्रिए

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा बढी मूल्यका खसी भित्रिएका छन् । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा भारतबाट नेपालमा १० करोड ८२ लाख ८८ हजार रुपैयाँको खसी भित्रिएका छन् । 

गत साउन र भदौ महिनामा उक्त मुल्य बराबरको १२ हजार ४३ वटा खसी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भारतबाट १० करोड ७८ लाख ८६ हजार रुपैयाँको १३ हजार ८२७ वटा खसी भित्रिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा भारतबाट १२ करोड २० लाख ६७ हजार रुपैयाँका १० हजार २९२ वटा खसी नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १३:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया